१३ बैशाख २०८१, बिहिबार

अमेरिकी राष्ट्रपति ओबामा साताव्यापी एसिया भ्रमणमा


obama asia tour

अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो साताव्यापी एसिया भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्।
अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो भ्रमण सुरक्षा तथा अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न प्रयोग गर्ने बताइएको छ।
ओबामा पहिलो तीन दिन भियतनाम रहनेछन् । त्यहाँ रहँदा भियतनामी उच्च नेतृत्वसँग भेट गर्नुका साथै अमेरिका–भियतनाम सम्बन्धबारे सम्बोधन गर्नेछन्। भियतनाममा रहँदा ओबामाले त्यहाँका नागरिक समाजका अगुवा तथा व्यवसायीसँग पनि ओबामाले भेट्ने कार्यक्रम छ।
भियतनामपछि अमेरिकी राष्ट्रपति सात औद्योगिक राष्ट्रहरुको जापानमा हुने सम्मेलनमा भाग लिन जानेछन्।
ओबामाले जापानको हिरोसिमाको ऐतिहासिक भ्रमणसमेत गर्ने कार्यक्रम छ ।
अमेरिकाले पहिलो आणविक बमलाई जापानको हिरोसिमामा सन् १९४५ को अगस्ट ६ मा खसाल्दा करिब ७० लाख जापानीहरुको मृत्यु भएको उक्तस्थानमा त्यसपश्चात् कुनै पनि अमेरिकी राष्ट्रपतिले राष्ट्राध्यक्षका रुपमा भ्रमण गरेका छैनन् । रासस/एपी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !