१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ र रेल्वे अध्यादेश–२०७८ जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !