१२ बैशाख २०८१, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुन बरामद


अवैध सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुन बरामद गरिएको छ । स्रोतका अनुसार मंगलबार मध्यराति सम्ममा ११ किलो सुनका बाला बरामद गरिएको हो ।

विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ । मंगलबार मध्यराति सम्ममा २ सय २१ जना खाडी मुलुकबाट सुन बोकेर आएका थिए । उनीहरुमध्ये १ सय ४७ जनाले भन्सार शुल्क तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !