८ बैशाख २०८१, शनिबार

सशस्त्र प्रहरीको गणमा बम पड्कियो, आठ घाइते


grenade

पोखरा-सशस्त्र प्रहरीको तनहुँको भानुस्थित मनकामना गणमा ग्रिनेड बिस्फोट हुँदा आठजना सशस्त्र प्रहरी घाइते भएका छन्। दिउँसो १२ बजेतिर विष्फोट भएको थियो। ती मध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। अन्य ६ जनाको अवस्था सामान्य छ।

तनहुँका डिएसपी सुरेन्द्र गुरुङका अनुसार सफा गर्ने क्रममा हाते ग्रिनेड विस्फोट भएको थियो। घाइते ८ जनालाई नै थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । तालिमको क्रममा हतियार सफा गर्न सिक्ने क्रममा ग्रिनेड विस्फोट भएको उनले बताए । घाइते सबैको हात, खुट्टामा बढी चोट लागेको छ।उनका अनुसार घाइते हुनेमा सहायक हवल्दारहरु दिवेसकुमार चौधरी, प्रेमबहादुर थापा, शोभाखर रिजाल, प्रेमसिंह बोहरा, प्रेम घर्तीमगर, दीपक खड्का, होमबहादुर राना र धीरेन्द्र चन्द रहेका छन्। सशस्त्र प्रहरीका एसएसपी कृष्णभक्त ब्रम्हाचार्यले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जानकारि दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !