६ बैशाख २०८१, बिहिबार

बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते


दुर्घटना

पोखरा । कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

भैरहवादेखि बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस मंगलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बस चालक पाल्पाका ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा अस्पतालले बिहान ९ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !