७ बैशाख २०८१, शुक्रबार

सर्लाहीमा एकै परिवारका आमा र छोराछोरीसहित ३ जना मृत भेटिए


मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका ३ जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका २ जना छोराछोरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !