१२ बैशाख २०८१, बुधबार

सर्लाही कांग्रेसको वडा अधिवेशनमा विवादपछि गोली चल्यो


भीषण आगलागी

सर्लाही । नेपाली कांग्रेसको सर्लाही जिल्लाको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका-९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् ।

आज आइतवार वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फायर गरेकाे प्रहरीले बताएको छ । आन्तरिक विवादका कारण बलराको २ वटा वडाको अधिवेशन स्थगित भएको छ ।

दुई पक्षबीचमा झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । अहिले बलराको अवस्था सामान्य भइसकेको प्रहरीले बताएको छ ।विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !