१३ बैशाख २०८१, बिहिबार

कोशी ब्यारेजमा फोटो खिच्ने क्रममा लडेर स्वास्थ्यकर्मीको मृत्यु


कोशी ब्यारेज

राजविराज । कोशी ब्यारेजमा डुबेर आज १ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोशी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए ।

लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नंं १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरेपनि उनलाई बचाउन भने सकेन् । नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !