झापामा चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु Nepalpatra झापामा चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
१८ मंसिर २०७८, शनिबार

झापामा चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु


धु्रवेले हात्तीले लखेट्दा फाइल फोटो

झापा । चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !