१३ बैशाख २०८१, बिहिबार

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन


टेण्डी शेर्पा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको आज बुधबार बिहान निधन भएको छ । पूर्व उपाध्यक्ष शेर्पाको आज बुधबार बिहान ३ बजेतिर ५० वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शेर्पाको विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो । पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले अमेरिका, चीन र भारत लगायतमा गएर उपचार समेत गराएतापनि उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए ।

अमृत साइन्स क्याम्पसका पूर्व स्ववियू सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन् ।

शेर्पाका बुवा, आमा, दुई दाइ र बहिनी छन् । शेर्पालाई पछिल्लो दुई दिनबाट भने निकै कठिन भएको उनको परिवारले बताएको थियो । शेर्पाको बौद्धस्थित शेर्पा गुम्बामा लगेर उनको अन्तिम संस्कारको प्रक्रिया गरिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !