७ बैशाख २०८१, शुक्रबार

गाडीको ठक्करबाट २ जनाको मृत्यु, चालक फरार


दुर्घटना

काठमाडौं । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको छ । स्रोतका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रमवापुरमा नगरपालिका १० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवरको मृत्यु भएको हो ।

राति साढे १२ बजे सवारी साधनले ठक्कर दिंदा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !