६ बैशाख २०८१, बिहिबार

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ भोलि मंगलबार राख्ने गरियो तयारी


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) भोलि मंगलबार राख्ने तयारी गरिएको छ । सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । आज सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्चको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएतापनि यसलाई औपचारिक निर्णय गर्न सर्वोच्चको ‘फुल कोर्ट’ ले राख्ने तयारी गरिएको हो ।

अब प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । केही दिनअघि बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली संशोधन गरेर पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरेको थियो ।

यो पनि पढ्नुहोस्

सर्वोच्चमा गोलाप्रथाद्वारा पेसी तोक्ने बाटो खुल्यो, प्रधानन्यायाधीशको अधिकार कटौती


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !