सर्वोच्चमा गोलाप्रथाद्वारा पेसी तोक्ने बाटो खुल्यो, प्रधानन्यायाधीशको अधिकार कटौती Nepalpatra सर्वोच्चमा गोलाप्रथाद्वारा पेसी तोक्ने बाटो खुल्यो, प्रधानन्यायाधीशको अधिकार कटौती
११ मंसिर २०७८, शनिबार

सर्वोच्चमा गोलाप्रथाद्वारा पेसी तोक्ने बाटो खुल्यो, प्रधानन्यायाधीशको अधिकार कटौती


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । आज सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्चको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको हो । तर यसलाई औपचारिकता दिन सर्वोच्चको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।

अब प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो ।

केही दिनअघि बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली संशोधन गरेर पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरेको थियो । कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र सोले वैधानिकता पाउने कानुनी व्यवस्था रहेको छ ।

यस्तो छ हेर्नुहोस् राजपत्रमा प्रकाशित सर्वोच्चको दोस्रो संशोधन नियमावली २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !