आचार्य बालकृष्णका पिताको चौरासी पूजामा रामदेव आज स्याङ्जा आउँदै Nepalpatra आचार्य बालकृष्णका पिताको चौरासी पूजामा रामदेव आज स्याङ्जा आउँदै
१४ मंसिर २०७८, मंगलबार

आचार्य बालकृष्णका पिताको चौरासी पूजामा रामदेव आज स्याङ्जा आउँदै


रामदेव र बालकृष्ण आइपुगे काठमाडौं

वालिङ । योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउनु भएका छन् । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु यहाँ आउने भएको आचार्य बालकृष्णका भाइ डा. पवमान सुवेदीले जानकारी दिए ।

स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनीहरु यहाँ आउन लागेको सुवेदीले बताए ।

“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, उनले भने, “बुबाको चौरासी पूजासँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !