७ बैशाख २०८१, शुक्रबार

रोल्पामा बस दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते


दुर्घटना

रोल्पा । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा परी ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र अरु १६ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए । आज बेलुकी पौने ६ बजे बस सडकवाट २०० मिटर तल खोलामा खसेको हो ।

दाङको घोराहीबाट रोल्पाको थवाङका आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका-४ तार्केबाङ शहीद मार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मृतकको पहिचान भई नसकेको उपरीक्षक सुवेदीले बताए । जलजलामा पूजा गर्न बस रिजर्भ गरेर आएका यात्रु दुर्घटनामा परेकोे माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !