ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किए : ५ घाइते, ३ को अवस्था चिन्ताजनक Nepalpatra ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किए : ५ घाइते, ३ को अवस्था चिन्ताजनक
१४ माघ २०७८, शुक्रबार

ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किए : ५ घाइते, ३ को अवस्था चिन्ताजनक


ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किए

ललितपुर । ललितपुरमा गम्भीर सडक दुर्घटना भएको छ । मोटरसाइकल र स्कुटर ठोक्किदा ५ जना घाइते भएका छन् भने ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँ अनन्त चोकमा बिहान लगभग साढे ११ बजेतिर भएको बा. ४२ प ७३९८ नम्वरको मोटरसाइकल र बा. ९६ प २४०५ नम्वरको स्कुटर ठोक्किदा उक्त गम्भीर दुर्घटना भएको हो ।

सवै घाइतेहरुलाई स्थानीयवासीले उद्धार गरेर नजिकैको किष्ट अस्पताल पठाएका छन् । अहिले प्रहरीले दुर्घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किए ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !