सर्वाेच्च अदालतका १३ न्यायाधीशहरुसँग आज बारले छलफल गर्दै Nepalpatraसर्वाेच्च अदालतका १३ न्यायाधीशहरुसँग आज बारले छलफल गर्दै
२९ श्रावण २०७९, आइतबार

सर्वाेच्च अदालतका १३ न्यायाधीशहरुसँग आज बारले छलफल गर्दै


सर्वोच्च अदालत

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट राजीनामा गराउन दबाबस्वरूप आन्दोलनरत नेपाल बार एसोसिएसनले आज (मङ्गलबार) सर्वाेच्चका १३ न्यायाधीशसँग छलफल गर्दैछ ।

न्यायालयको विवादलाई सर्वाेच्चका न्यायाधीशहरूले आज बारलाई आफ्नो ‘धारणा’ व्यक्त गर्ने भएका छन् । हिजो सोमबार सर्वाेच्चका १३ न्यायाधीशलाई भेटेर बार पदाधिकारीले आफूहरू जबराको राजीनामाकै मागमा अडिग रहेको बताएका थिए ।

बारले प्रधानन्यायाधीशको राजीनामा बाहेकका सर्तमा सम्झौता नगर्न पनि न्यायाधीशहरूलाई पुनः सचेत गराएकोबारे न्यायाधीशहरूले भने आज आफ्नो धारणा सुनाउने र थप छलफल गर्ने जवाफ दिएका थिए ।

प्रधानन्यायाशीध जबराको राजीनामालाई ‘बटमलाइन’ बनाएको बारले आज पनि देशभर विरोधका कार्यक्रम गर्दैछ । दोस्रो चरणको आन्दोनलनको तेस्रो दिन आज पनि देशभरका इकाईमा विरोध कार्यक्रम रहेको बारले जनाएको छ ।

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने बारको आन्दोलन रहेपनि विरोधकै बीच सोमबार प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो प्रयोग गरी कार्यकक्ष पुगेका थिए । बार कात्तिक १४ देखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !