१३ बैशाख २०८१, बिहिबार

सर्वोच्चका दुवै गेटबाट प्रधानन्यायाधीशलाई छिर्नै नदिने वकिलहरूको तयारी


सर्वोच्च परिसरमा झडप फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतका दुवै गेटबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिर्नै नदिन वकिलहरूले तयारी गरेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरूले आज सर्वोच्चको मूल गेट र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका हुन् ।

प्रधानन्यायाधीश जबरालाई प्रवेश गर्न नदिने भएपछि कानुन व्यवसायीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यद्यपि प्रहरीले सर्वोच्चका दुवै गेटसम्म आन्दोलनकारी वकिलहरूलाई पुग्नै नदिने प्रयास गरेतापनि प्रहरीको घेरा तोड्दै वकिलहरू मूल गेटभन्दा भित्र प्रवेश गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !