८ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधीश विचौलियाको नाइके : सर्वोच्च छिर्न नदिने बारको घोषणा


चन्डेश्वर श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र पूर्णमान शाक्य

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘बिचौलियाको नाइके’ घोषणा गरेको छ । शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले भोलि शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ ।

नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले सर्वोच्च परिसरमा सम्बोधन गर्दै भोलि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए । यस्तै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि नेपाल बार परिसरमा बोल्दै भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबरालाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरे ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीमाथि प्रहरीले ठाडो हस्तक्षेप गरेपछि आज सर्वोच्च परिसर तनावग्रस्त भएको थियो ।बारले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै बारका पदाधिकारीको माइक खोसेपछि प्रहरी र कानुन व्यवसायीबीच भएको झडपमा ६ जना कानुन व्यवसायी घाइते भएका छन् ।

त्यस्तै नेपाल बारले भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । शुक्रबार सर्वाेच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी गराए ।

सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’, ‘बिचौलियाको नाइके प्रधानन्यायाधीश राजीनामा देऊ’ ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नाराबाजी गरेका छन् ।

यो पनि पढ्नुहोस्

सर्वोच्च परिसरमा झडप : ६ जना कानुन व्यवसायी घाइते

बारको घोषणा : भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने

सर्वोच्च परिसरमा नाराबाजी- भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे

सर्वोच्च परिसरमा झडप : नेपाल प्रहरीको सपोर्टमा सशस्त्र प्रहरी पनि खटाइयो

सर्वोच्च परिसर तनावग्रस्त : कानुन व्यवसायीमाथि प्रहरीको ठाडो हस्तक्षेप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !