७ बैशाख २०८१, शुक्रबार

सर्वोच्च परिसरमा झडप : ६ जना कानुन व्यवसायी घाइते


सर्वोच्च परिसरमा झडप फाइल फोटो

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीमाथि प्रहरीले ठाडो हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसर तनावग्रस्त भएको छ ।

बारले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै बारका पदाधिकारीको माइक खोसेपछि प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल समेत भएको छ । सो क्रममा प्रहरीसँग भएको झडपमा ६ जना वकिल घाइते भएका छन् ।

झडप हुँदा सामान्य चोटपटक लागेर घाइते हुनेहरुमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् ।

प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा मच्चिएको छ । सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शन रोक्न नेपाल प्रहरीको ब्याक सपोर्टमा सशस्त्र प्रहरी पनि खटाइएको छ ।

नेपाल बारले भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । शुक्रबार सर्वाेच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी गराए ।

यो पनि पढ्नुहोस्

बारको घोषणा : भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने

सर्वोच्च परिसरमा नाराबाजी- भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे

सर्वोच्च परिसरमा झडप : नेपाल प्रहरीको सपोर्टमा सशस्त्र प्रहरी पनि खटाइयो

सर्वोच्च परिसर तनावग्रस्त : कानुन व्यवसायीमाथि प्रहरीको ठाडो हस्तक्षेप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !