८ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्न बार पुगेका ३ जना पक्राउ


पक्राउ

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन गर्न नेपाल बार एसोसिएसनमा पुगेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । तारा बराल सहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको बिरुद्धमा प्रदर्शन गरिरहेतापनि बरालको समूह प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्न बार परिसरमा पुगेका थिए ।

न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै बार परिसरमा प्रवेश गर्न खोजेकोले उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो । वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !