७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीश जबराले आज पनि तोके आफ्नै लागि इजलास


चोलेन्द्र शमसेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि आफ्नै लागि एकल इजलास तोकेका छन् । बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास तोकेका हुन् ।

सर्वोच्च अदालतका असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारबाट पूर्वसहमित विपरित सबै मुद्दाका लागि इजलास गठन गरेका छन् ।

सबै मुद्दामा इजलास तोकेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइ नगर्ने बताएका छन् । उनले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन् ।

उनको यो कदमबाट अरु असन्तुष्ट रहेका न्यायाधीशहरू थप रुष्ट भएसंगै सर्वोच्चको विवाद चर्किने सम्भावना बढेको छ भने नेपाल बार एशोसिएसनले सोमबार राति मात्रै निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !