७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय भूमि आयोगमा थपिए चार पार्टीका चार जना सदस्यहरु


राष्ट्रिय भूमि आयोग

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार पार्टीका चार जना सदस्य थपिएका छन् । आयोगका अध्यक्ष केशव निरौलाले थपिएका चार जना सदस्यहरूलाई आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

थपिएका चार जना सदस्यहरूमा नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टी (जसपा) को सिफारिसमा राघव राय यादव, नेपाली कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र) को सिफारिसमा बासुदेव हुमागाईं रहेका छन् ।

अघिल्लो केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग वर्तमान देउवा सरकारले विघटन गरेपछि निरौलाको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !