७ बैशाख २०८१, शुक्रबार

देशभर कोरोनाको संक्रमणदर घट्दो क्रममा


कोरोना संक्रमणदर

काठमाडौँ । पछिल्लो समयमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या ८ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६४९ संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ८ हजार १४४ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !