८ बैशाख २०८१, शनिबार

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट : ४ जनाको मृत्यु, २ घाइते


ग्यास सिलिन्डर विस्फोट

ललितपुर । ललितपुरको मगंलबजारमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घरमा ग्यास विस्फोट हुँदा घर समेत पूर्ण रुपमा क्षति पुगेको छ । आज साँझ ६ बजेर ४७ मिनेटमा प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घाइतेहरुलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएको उक्त घरमा बसिरहेका ११ जना मानिसमध्ये ४ जनाको मृत्यु भइसकेको हो २ जना अस्पतालमा उपचाररत रहेका छन् भने ५ जनाको सकुशल उद्धार भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्रचार्यका अनुसार ४ जनाको शव घरबाट निकालिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !