६ बैशाख २०८१, बिहिबार

काठमाडौंमा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाइने


देउसी भैलो

काठमाडौँ । काठमाडौं जिल्लामा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै राती ९ बजेभन्दा पछि देउसी भैलो खेल्ने नदिने निर्णय गरेको हो ।

यद्यपि स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी भैलो खेल्न तथा पूजा पाठ लगायत क्रियाकलाप गर्न पाउने प्रशासनजारी सूचनामा उल्लेख गरिएको छ । तर तोकिएको आदेशभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ सूचना जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !