१२ बैशाख २०८१, बुधबार

ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला


नेपाल कोरोना

फुङ्लिङ । ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेशनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।

जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !