१२ बैशाख २०८१, बुधबार

३३ किलो सुन प्रकरण : मुख्य आरोपी गोरेलाई थप १० वर्ष कैद


चुडामणि उप्रेती गोरे

विराटनगर । चर्चित ३३ किलो सुन प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई थप १० वर्ष कैद र १ लाख जरिवानाको सजाय भएको छ । तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका गोरेलाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको हो ।

जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अपहरण र शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, १ लाख जरिवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

गत असोज १९ गते लम्सालकै इजलासले सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकलाई १ वर्ष र १ जनालाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सबै प्रतिवादीलाई सफाइ दिएको थियो ।

यो पनि पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !