पाँचथरको मिक्लाजुङमा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु Nepalpatra पाँचथरको मिक्लाजुङमा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु
११ मंसिर २०७८, शनिबार

पाँचथरको मिक्लाजुङमा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु


पाँचथरको मिक्लाजुङमा पहिरो

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो जाँदा मिक्लाजुङमा ठुलो क्षति हुन पुगेको हो ।

मिक्लाजुङ गाँउपालिका अध्यक्ष अमरराज माखिमका अनुसार बेपत्ता भएका २४ जनामध्ये २१ जनाको शव भेटिएको बताए ।

मिक्लाजुङ-५ मा १५ जनाको मृत्यु २ बेपत्ता वार्ड न. १ मा २, वार्ड २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए । मिक्लाजुङ–५ को कुरुम्बामा एकै ठाँउमा ११ जनाको मृत्यु भएको छ ।

यस्तै फिदिम-४ मा दुई जना, फाल्गुननन्द गाँउपालिकामा-३ जना र कुम्मायमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

पहिरोले मेची राजमार्गको इलाम–फिदिम र फिदिम-ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । यस्तै जिल्ला सदरमुकाम फिदिमसँग विभिन्न गाउँपालिका जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !