७ बैशाख २०८१, शुक्रबार

विमानस्थलमा बाढी पसेपछि काठमाडौँ-विराटनगर उडान रद्ध


विराटनगर विमानस्थल

विराटनगर । विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान स्थागित गरिएको छ । वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न भएपछि बुद्ध र यती एयरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेका छन् ।

आज बुधबार विहान केसलीया खोलामा आएको बाढी विमानस्थल पसेकाे छ । बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटरमा पानी जमेको छ । बाढीका कारण उडान तत्काल खुल्न सक्ने अवस्था छैन ।

बाढी पसेपछि बुद्ध र यती एअरले सूचना जारी गर्दै काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् । विमानस्थलमा श्री एयरलाइन्स र बुद्ध एयरको विमान पार्किङ एरियामा रोकिएका छन् ।

खराब मौसमका कारण हिजो मंगलबार पनि लगभग १०० वटा आन्तरिक उडानहरु रद्ध भएका थिए । पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम जनाएको छ ।

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।

आज रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !