७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीको मोतीपुरमा दिउँसै एकाएक गोली चल्यो


Fire

बुटवल । रुपन्देही जिल्लाको मोतीपुरमा दिउँसै एकाएक गोली चलेको छ । मोतीपुर औद्योगिक क्षेत्रमा बसेका सुकुम्वासी हटाउन खोज्दा गोली चलेको हो । प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।

केही समय अघिदेखि मोतीपुर औद्योगिक क्षेत्रमा देशका विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन् । आज स्थानीय प्रशासनले उनीहरूलाई त्यहाँवाट हटाउन खोज्दा झडप भएको थियो ।

बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी २ जना घाइते भएका छन् भने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको रुपन्देही जिल्ला प्रशाशन कार्यालय स्रोतले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउँ भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !