बैतडीमा वडा सदस्यको उपचारका क्रममा निधन Nepalpatra बैतडीमा वडा सदस्यको उपचारका क्रममा निधन
१ कार्तिक २०७८, सोमबार

बैतडीमा वडा सदस्यको उपचारका क्रममा निधन


मृत्यु

बैतडी । आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । केही दिनदेखि बिरामी हुनुभएकी चन्द उपचारका लागि त्यहाँ गएका थिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट उनी सदस्यमा निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !