७ बैशाख २०८१, शुक्रबार

भारतले विराटनगरको फिल्ड कार्यालय हटाउन मानेन


indian flag

०६५ मा कोसी कटानको समयमा तत्काल उद्योग व्यापारमा सहजीकरण गरी आवश्यक सुविधा पुर्‍याउन पूर्वका उद्योगी व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ।

तर, त्यो प्रयोजन सकिएपछि पनि भारतले सो कार्यालय हटाउन मानेकाे छैन । फिल्ड कार्यालय हटाउन नेपाल सरकारले पाँच वर्षअघि नै दूतावासलाई परिपत्र गरेको थियो ।

परराष्ट्र मन्त्रालयले गरेको परिपत्रलाई वेवास्ता गर्दै भारतले नियमविपरीत विर्वाध रुपमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।

कोशी कटानकोे बेला फिल्ड कार्यालय स्थापना गरिएपनि हाल सो समस्या समाधान भइसकेको छ । फिल्ड कार्यालयले के के काम गर्छ र कति कर्मचारी छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !