७ बैशाख २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रले योवर्ष सर्वसाधारणलाई दशैको टीका नलगाइदिने


पूर्वराजा ज्ञानेन्द्र फाइल फोटो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले योवर्ष सर्वसाधारणलाई बडादशैको टीका नलगाइदिने भएका छन् । पूर्वराजा शाहको सचिवालयले आज एक सूचना प्रकाशित गर्दै कोरोनाको महामारी कायमै रहेकाले पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाइदिने जनाएको छ ।

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले शुक्रबार एक सूचना जारी गर्दै यस वर्ष पनि गतवर्ष जस्तै कोरोनाको असहजताका कारण विजयादशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र महाअष्टमीको दिन विभिन्न शक्तिपीठहरुमा पनि नजाने निर्णय गरिएको बताएका हुन् ।

पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट कोरोनाको असहजताको स्थितिमा यस वर्ष महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरि बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !