फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी Nepalpatra फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी
४ कार्तिक २०७८, बिहिबार

फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी


श्री एयर

काठमाडौँ । त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

नाइननानफे कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार फसेको जहाज निकाल्ने प्रयास भइरहेको र यात्रुलाई अर्को जहाजमा पठाइने छ । उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !