६ बैशाख २०८१, बिहिबार

पुरानै कुरा दोहोर्याएर नयाँ परिणामको आशा गर्नु पागलपन हो : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै कुरा दोहोर्याएर नयाँ परिणामको आशा गर्नु पागलपन भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज साँझ लेख्दै उनले विभाजित नेकपा डबलका कणहरू पुरानै भाष्टिकृत एकल रेखीय वा एकमनावादी ‘कम्युनिष्ट’ मोडेलको धंगधंगी बोकेर ‘असली कम्युनिष्ट’देखिने प्रतिष्पर्धामा लाग्नु विडम्बनापूर्ण भएको बताएका छन् ।

साथै उनले आइन्सटाइनको भनाइ सम्झौं भन्दै पुरानै कुरा दोहोर्याएर नयाँ परिणामको आशा गर्नु पागलपन भएकोले बरू समाजवादको नयाँ मोडेल विकास गरौं न भनेर आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘विभाजित नेकपा डबलका कणहरू पुरानै भ्रष्टीकृत एकलरेखीय/एकमनावादी ‘कम्युनिष्ट’मोडेलको धंगधंगी बोकेर ‘असली कम्युनिष्ट’देखिने प्रतिष्पर्धामा लाग्नु विडम्बनापूर्ण छ ! आइन्सटाइनको भनाइ सम्झौं-‘पुरानै कुरा दोहोर्याएर नयॅा परिणामको आशा गर्नु पागलपन हो!’बरू समाजवादको नयॅा मोडेल विकास गरौं न !’

डा. बाबुराम भट्टराई ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !