२१ मंसिर २०८१, शुक्रबार

को हुन् ‘म राजा बन्छु’ भन्दै नारायणहिटीभित्र पसेर श्रीपेच लगाउन गएका युवा ?


श्रीपेच र खीमबहादुर घर्ती

काठमाडौं । ‘म अब श्रीपेच लगाएर राजा बन्छु’ भन्दै काठमाडौंस्थित नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच लगाउन खोजेपछि एकजना युवा पक्राउ परेका छन् ।

नारायणहिटी संग्रहालयमा सिसाभित्र राखिएको श्रीपेचलाई फुटाउने पश्चिम रुकुमको मुसिकोट नगरपालिका-११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका २५ वर्षका खीमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । आज शुक्रबार संग्रहालय घुम्न छिरेका उनले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनले संग्रहालयको श्रीपेच कक्षमा रहेको खुकुरीले सिसा फुटाउन खोजेका थिए । ‘म राजा बन्छु’ भन्दै सिसा फुटाएर श्रीपेच भएको स्थानमा जान लाग्दा सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए ।

सामान्य मानिसले पहिला राजा महाराजाको लगाउने श्रीपेच चोरेर राजा बन्ने यत्तिठूलो सपना देख्नु आफैमा असम्भव कुरा पनि हो । यस्तो महत्वाकांक्षा बढ्दा रुकुमका २६ वर्षीय युवा प्रहरीको खोरमा पुगेका छन् । तर पनि उनको चर्चा-परिचर्चा एकाएक चुलिएको छ ।

नारायणहिटी संग्रहालयमा अवलोकन गर्न पुगेका खिमबहादुरले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बडो आत्मविश्वासका साथ ओकलेका छन् । संग्रहालय अवलोकन गर्न पुगेका यी युवा श्रीपेच रहेको रुपन्देही र सुर्खेत कक्षमा धेरै बेर घोरिए ।

सुरक्षाकर्मी र संग्रहालयका कर्मचारीलाई शंका लागेपछि उनीहरूले बाहिर निस्कन आग्रह गतापनि उक्त आग्रह आनाकानी गरेर टार्दै उनले श्रीपेच लगाउने गर्ने दाउमा रहेका उनले सीसा केसमा हातले प्रहार गरीे खुकुरी निकाल्न खोजेकाे संग्रहालयका एककर्मचारीले बताए ।

उनले शोकेसमा राखेको खुकुरीलाई मुक्काले हानेर निकालेको र सोही समयमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । आफूले श्रीपेच लगाउने योजनाका साथ अवलोकन गर्न आएको उनले बताएका छन् । उनले पटक–पटक संग्रहालय अवलोकन गरी श्रीपेच खोस्ने प्रयास गरेको खुलेको छ ।

यही प्रयोजनका लागि उनी तीन साताअघि रुकुमबाट काठमाडौं आएका थिए । हेर्दा सामान्य देखिने यी युवाको पृष्ठभूमिका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । घटना लगत्तै बन्द गरिएको संग्रहालय सुचारु गरिएको संग्रहालय स्रोतले बताएको छ ।

श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । उनलाई प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ र थप अनुसन्धान भइरहेको छ ।

यसलाई एउटा सामान्य मानिसको अनौठो गलत हर्कत र उच्च महत्वाकांक्षाको पराकाष्ठाको रुपमा लिन सकिन्छ । इतिहासमा कहिले यस्ता घटनाहरु घट्ने गर्छन् किनकी यो समाजमा बिभिन्न मनोवृति र सोच भएका मानिसहरु हुन्छन् ।

यो पनि पढ्नुहोस्

‘म राजा बन्छु’ भन्दै नारायणहिटीभित्र पसेर श्रीपेच लाउन खोजेपछि…

नारायणहिटी दरबारको श्रीपेच चोर्न खोज्ने पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !