२१ मंसिर २०८१, शुक्रबार

‘म राजा बन्छु’ भन्दै नारायणहिटीभित्र पसेर श्रीपेच लाउन खोजेपछि…


श्रीपेच

काठमाडौं । ‘म अब श्रीपेच लगाएर राजा बन्छु’ भन्दै काठमाडौंस्थित नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच चोरेर लाउन खोजेपछि एकजना युवा पक्राउ परेका छन् ।

नारायणहिटी संग्रहालयमा सिसाभित्र राखिएको श्रीपेचलाई फुटाउने पश्चिम रुकुमको मुसिकोट नगरपालिका-११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका २५ वर्षका खीमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । आज शुक्रबार संग्रहालय घुम्न छिरेका उनले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनले संग्रहालयको श्रीपेच कक्षमा रहेको खुकुरीले सिसा फुटाउन खोजेका थिए । ‘म राजा बन्छु’ भन्दै सिसा फुटाएर श्रीपेच भएको स्थानमा जान लाग्दा सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए ।

श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । उनलाई प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ र थप अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस्

नारायणहिटी दरबारको श्रीपेच चोर्न खोज्ने पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !