८ बैशाख २०८१, शनिबार

संखुवासभा हत्या प्रकरण : नाबालकलाई चिर्पट प्रहार !


संखुवासभा हत्या प्रकरण

संखुवासभा । सङ्खुवासभामा ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न लोकबहादुर कार्कीका भाई नरेशसमेत थप ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । भदौ २७ मा प्रहरीले २५ वर्षीय लोकबहादुरलाई सार्वजनिक गरेर उनी एक्लैले हत्या गरेको जिकिर गरेको थियो ।

आज जिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदीले सामूहिक योजना र सबैजना मिलेर नै हत्या गरेको बताए ।

डिएसपी सुवेदीका अनुसार लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की र छोरा हस्तबहादुर मिलेर सबैभन्दा पहिला ५५ वर्षका तेज बहादुर कार्कीलाई हत्या गरेका थिए ।

डिएसपी सुवेदीका अनुसार रञ्जनाका छोरा ८ वर्षका विपिन कार्की र ५ वर्षकी छोरी गोमा घर नजिक बाटोमा निस्किएका थिए । लोकबहादुर र उनका दाई (काकाको छोरा) हस्तबहादुर मिलेर विपिन र गोमाको बाटोमा छेकेका थिए । अनि, मुख थुने । चिर्पटले हिर्काए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !