७ बैशाख २०८१, शुक्रबार

दुव्र्यसनसहित एचआइभी घटाउन अभियान


बलेवा । लागुपदार्थ सेवनगर्नेहरूबाट एचआइभी सङ्क्रमण बढ्न थालेकामा यहाँ चिन्ता व्यक्त गर्न थालिएको छ । सुई साटासाट गर्नेबाट एचआइभी बढेको आशङ्कामा त्यसको न्यूनीकरणका लागि सरोकार निकायले अभियान पनि थालेका छन् ।

बागलुङमै पनि त्यस्ता युवाको सङ्ख्या बढिरहेकाले पहिलो चरणमा सुरक्षित सुई लगाउने व्यवस्था गर्ने, त्यसपछि आनीबानीमा परिवर्तन ल्याएर शून्य दरमा घटाउने योजना बनाइएकोे स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो ।

कम्युनिटी सपोर्ट गु्रपले उक्त कार्यालयको सहकार्यमा यो अभियान थालेको हो । बुधबार आयोजित एक कार्यक्रममा जिल्लामै २४६ देखि ३२५सम्म युवा लागुपदार्थ सेवनबाटै सङ्क्रमित भएको हुनसक्ने आँकलन गरिएको जानकारी दिइयो ।

कम्तीमा ९० प्रतिशत सङ्क्रमित पहिचान गरेर तिनलाई एआरटी सेन्टर पु¥याउने र ९० प्रतिशत भाइरस नियन्त्रण गर्ने योजना उक्त गु्रपले बनाएको बताइयो ।

सङ्क्रमित पहिचान भएपछि तिनको आनीबानी परिवर्तन गराउने, समुदायबाटै समस्या समाधान गराउने, पटक–पटक भेटिएका सङ्क्रमितको नियमित अनुगमन गर्ने, साथी–साथी मिलेर सुई लगाउनेलाई एउटै सुई दिने, सुई लगाउने दर घटाउने र शून्यमा पु¥याउने लक्ष्यसमेत रहेको जानकारी दिइएको थियो ।

अहिलेसम्म बागलुङमा ६७ युवाले सुईमार्फत लागुपदार्थ सेवन गर्ने गरेको भेटिएको जनाइएको छ ।

नेपालभर २७ हजारदेखि ३४ हजारसम्म लागुपदार्थ सेवनकर्ता युवा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । पहिलो चरणमा व्यक्ति र परिवारबाटै समस्या समाधान खोज्न जिल्ला समन्वय समितिका अधिकृत खिमबहादुर विकले सुझाव दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !