८ बैशाख २०८१, शनिबार

दैलेखमा विद्यालय परिसरमै शिक्षकको घाँटी रेटी विभत्स हत्या


हत्या

दैलेख । दैलेखमा एक शिक्षक विद्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन् । गुराँस गाउँपालिका-८ लालिकाँडामा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बिसी मृत भेटिएका हुन् ।

२०५६ सालदेखि विद्यालयमा कार्यरत ४२ वर्षीय बिसी मंगलबार बिहान विद्यालयको बरन्डामा गएराति घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।नजिकै रहेको मकैबारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर विद्यालयको बरन्डामा फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अध्ययन अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा विद्यालयसँगै जोडिएको पसल सञ्चालक २ जनालाई पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !