१३ बैशाख २०८१, बिहिबार

कञ्चनपुरमा सडक दुर्घटना : १ जनाको मृत्यु


दुर्घटना

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र०१००९प ५०५८ नंको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइल ठोक्किँदा उनी सख्त घाइते भएका थिए ।

तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

यसैबीच भीमदत्त नगरपालिका–११ भुजेलास्थित साइवन नहरमा सोमबार अन्दाजी वर्ष ४५ का पुरुषको शव प्रहरीले फेला पारेको छ । नहरमा कम्मरदेखि खुट्टासम्मको भाग देखिएको र कम्मरभन्दा तल टाउकोसम्मको भाग पानीमा घोप्टो डुबेका अवस्थामा पुरुषको शव फेला परेको प्रनाउ न्यौपानेले बताए । उनका अनुसार बरामद शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !