१२ बैशाख २०८१, बुधबार

बीपी प्रतिष्ठानको कार्यालय तोडफोड


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । धरानस्थित बीपी प्रतिष्ठानमा काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै तोडफोड गरेका हुन् ।

स्रोतका अनुसार बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !