अर्घाखाँचीमा मिनीबस दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते Nepalpatra अर्घाखाँचीमा मिनीबस दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते
३ आश्विन २०७८, आइतबार

अर्घाखाँचीमा मिनीबस दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते


दुर्घटना

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौँबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा