८ बैशाख २०८१, शनिबार

पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु, एक बेपत्ता


पहिरो

गण्डकी । अविरल वर्षाका कारण पहिरोमा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि गए राति आएको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उहाँकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहनुभएको छ । पहिरामा परी उहाँका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले जानकारी दिए ।

त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिराले घर परिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरामा परी घाइते भएका दुई जनाको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् । अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ ।

यो पनि पढ्नुहोस्

दाङको सिस्ने खोलाले कार बगाउँदा ४ जना महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !