८ बैशाख २०८१, शनिबार

नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरूङलाई मातृशोक


धनराज गुरूङलाई मातृशोक

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरूङलाई मातृशोक परेको छ । गुरुङकी ममतामयी आमा प्यारी गुरुङको ९२ बर्षको उमेरमा आज बिहान निधन भएको उनले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

गुरुङले लेखेका छन्, ‘आमा ! मलाई ठेस लाग्दा हजुरलाई दुख्ने थियो। मेरो दुखमा हजुरको आँखा रसाउने गर्थे। पन्चायती शासनका बिरुद्ध लड्दा हजुरले मलाई “तिमी राजाको बिरोधि भएका छौ रे! मारि देला! जोगिएर हिंड्!” भन्नुहुन्थ्यो। ९२ बर्षको उमेरसम्म असीम माया र आशिर्वाद दिइरहनु भयो। तर आज स्तब्ध पारेर जानुभयो । आमा !!’

भावपुर्ण श्रद्धान्जली ! नेपालपत्रको तर्फवाट उहाँकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दछौ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !