१३ बैशाख २०८१, बिहिबार

रोल्पामा एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते


प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

माडी गाउँपालिकाका-२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी-२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा १ जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !