७ बैशाख २०८१, शुक्रबार

पहिराले विद्यालय भवन जोखिममा


विद्यालय भवन जोखिममा

बझाङ । केदारस्यँ गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिराले बगाएकाले भवन पनि जोखिममा परेको हो । साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्राङ्गण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ । भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो ।” कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन् ।

वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिराले बगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ । विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छाँै, भेट्टाएका छैनौँ, कतै पाइएमा चाँडै भवन अन्तै सार्ने योजनामा छौँ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !