१३ बैशाख २०८१, बिहिबार

सुरुङभित्र ढुङ्गा खस्दा गम्भीर घाइते


सुरुङ ढुङ्गा ????

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–५ ड्याम साइड फ्याक्सिन्दामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इञ्जीनियर ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँको टाउको गम्भीर चोट लागेको र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । आयोजनामा भारतीय र नेपाली तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !