म्याग्दीको बेनीमा आगलागी : दुई पसलमा क्षति Nepalpatra म्याग्दीको बेनीमा आगलागी : दुई पसलमा क्षति
५ आश्विन २०७८, मंगलबार

म्याग्दीको बेनीमा आगलागी : दुई पसलमा क्षति


म्याग्दीको बेनीमा आगलागी

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए ।

आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
ताजा